सूचना तथा समाचार

आ.ब.२०७२/०७३को समिक्षा गोष्ठी सम्पन्न

मिति २०७३/०५/१२ गते आइतबार तारकेश्वोर नगरपालिकाको आ.ब.२०७२/०७३को आय ब्यय तथा सन्चालित योजना विवरण सार्बजनिकरण साथै समिक्षा गोष्ठी माननीय सभासद रामवीर मानन्धरको प्रमुख आतिथ्य र तारकेश्वर नगरपालिकाका कार्यकरी अधिकृत श्रीमान् अग्नि प्रसाद अधिकरीको सभापतित्वमा सम्पन्न भयो ।

वडा ७ र ८ साबिक जितपुर खुल्ला दिशा मुक्त वडा घोषणा सम्पन्न

मिति २०७३/०५/११ गते शनिबार तारकेश्वर नगरपालिकाका कार्यकारी प्रमुखको प्रमुख आतिथ्यमा ता.न.पा.७ र ८ साबिक जीतपुर गा.बि. स. संयुक्त वडा कार्यालय ७ र ८ एबम गैर सरकरी संस्था VIM को सहकार्यमा खुल्ला दिशा मुक्त वडा घोषणा गरियो ।

अभिलेखीकरण प्रमाणपत्रको लागि निबेदन

अभिलेखीकरण प्रमाणपत्रको लागि निबेदन साथै सर्जिमिनको नमुना downloadको लागि तलको लिंकमा click गर्नुहोस् .

नगरपालिका कार्यालयको वेबसाइट निर्माण सम्बन्धी कार्यक्रम

मिति २०७३ श्रावण ३२ गते मंगलबार LGCDP को समन्वयमा धुलिखल स्थित स्थानिय प्रशीक्षण भवनमा प्रशिक्षक श्री दिपक दवाडी ज्युबाट प्रशिक्षण कार्यक्रममा नगरपालिकाका ईन्जिनियर श्री सबिन महर्जन, ईन्जिनियर श्री मिलन अर्याल र नायब सुब्बा श्री ईश्वर अँगाईको सहभागिता रह्यो ।

Pages