FAQs Complain Problems

तारकेश्वर नगरपालिकाको १३ औं नगर सभा मिति २०८० असार १० गते सम्पन्न

तारकेश्वर नगरपालिकाको १३ औं नगर सभा मिति २०८० असार १० गते सम्पन्न भएको छ । नगर सभा कार्यक्रम उद्घाटन सत्रको अध्यक्षता पालिकाको नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले गर्नुभएको समारोहको प्रमुख अतिथि संघीय संसद प्रतिनिधि सभा सदस्य मा. श्री शिशिर खनालज्यू र विशेष अतिथिहरुमा संघीय संसद प्रतिनिधि सभा सदस्य मा. श्री गणेश पराजुली, संविधान सभा सदस्य एवम् पूर्व रक्षा मन्त्री श्री भीमसेन दास उपस्थित हुनुभएको थियो । साथै अतिथिहरुमा बागमती प्रदेश सभा सदस्य मा. श्री अमन मास्केज्यू, बागमती प्रदेश सभा सदस्य मा. श्री हरिप्रभा खड्गीज्यू, काठमाडौ जिल्ला समन्वय समितिको उप-प्रमुख श्री शान्ती पाण्डेज्यू, तारकेश्वर नगरपालिकाका पूर्व नगर प्रमुख श्री रामेश्वर बोहराज्यू, प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु तथा अन्य महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त सभामा संचित कोषमा चालु तर्फ ६३ करोड ४१ लाख १२ हजार (३५.१९ %) र पुँजीगत तर्फ १ अर्व १६ करोड ८१ लाख (६४.८१%) मात्र गरी कुल १ अर्ब ८० करोड २२ लाख १२ हजारको आय व्यय अमुमान प्रस्तुत गरिएको छ । नगर सभा कार्यक्रममा समाजको विभिन्न विधाहरुमा योदान पुर्‍याउनु हुने ३० जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।