FAQs Complain Problems

कोरोना भाइरस विरुद्ध नगरपालिकाले गर्यो २ वटा ईमरजेन्सी टिम खडा !!

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को रोकथाम र नियन्त्रणका लागि तारकेश्वर नगरपालिकाले २ वटा ईमरजेन्सी टिम खडा गरिएको छ । नगर प्रमुख रामेश्व बोहराज्यूको नेतृत्वमा, ११ वटै वडाध्यक्ष सहितको जनप्रतिनिधिहरुको सहजिकरण टिम र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा प्रशासन शाखा प्रमुख, स्टोर शाखा प्रमुख, लेखा शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखका साथ डाक्टर सहितको टिम रहने गरि २ वटा ईमरजेन्सी टिम खडा गरिएको छ । नगर प्रमुख रामेश्वर बोहराज्यूको अध्यक्षतामा बसेको बैठकले तपशिल बमोजिमको निर्णयहरु गरेको छ । - तारकेश्वर नगरपालिका