FAQs Complain Problems

नगरपालिका प्राङ्गणमा वाग्मति प्रदेश श्रेत्र ६ ख का प्रदेश सांसद माननिय योगेन्द्र संगौलाज्यूको संयोजकत्वमा कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण अनुगमन तथा एकिकृत व्यवस्थापन समितिको वैठक !!

मिति २०७६।१२।१७ गते दिउसो १:३० वजे नगरपालिका प्राङ्गणमा वाग्मति प्रदेश श्रेत्र ६ ख का प्रदेश सांसद माननिय योगेन्द्र संगौलाज्यूको संयोजकत्वमा कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण अनुगमन तथा एकिकृत व्यवस्थापन समितिको वैठक बसि तपशिल बमोजिमको निर्णय गरियो ।

निर्णयहरु :
१. कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण अनुगमन तथा एकिकृत व्यवस्थापन समितिको बैठकमा उपस्थित विभिन्न राजनैतिक दलका प्रतिनिधीज्यूहरुको सुझावहरुलाई मध्यनजर गर्दै सबै क्षेत्रमा नेपाल सरकारको निर्णयानुसार गरिएको लक डाउनलाई पूर्ण रुपमा पालना गर्ने गराउने कार्यमा सहयोग पूर्याउने निर्णय गरीयो ।

२. यस तारकेश्वर नगरपालिकाको लागि बाग्मति प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण गर्ने कार्यका लागि विनियोजित रकमलाई यस अनुगमन तथा एकिकृत व्यवस्थापन समितिको बैठकले नगरपालिकाको निर्णय बमोजिम खर्च गर्ने नगरपालिकालाई जिम्मा दिने निर्णय गरियो ।