सूचना
संक्षिप्त परिचय
काठमाडौँ जिल्लाको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिकाको गठन साबिकका साङ्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुंगा, धर्मस्थली, फुटुङ् र मनमैजु गा.वि.स. गाभिएर २०७१ साल मङ्सिर १६ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार नगरपालिकाको रुपमा कार्य आरम्भ भएको हो । पूर्वमा टोखा नगरपालिका, पश्चिममा नार्गाजुन नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला तथा दक्षिणमा काठमाडौं महानगरपालिकाको सिमानासँग जोडिएको यस नगरपालिकाको कुल क्षेत्रफल ३४.९५ वर्ग कि.मि. रहेको छ । नगरपालिका घोषणाको तत्कालिन अवस्थामा २१ वटा वडामा विभाजित यो नगरपालिका हाल आएर ११ वटा वडामा समेटिदा नगरपालिकाको केन्द्र वडा नं. ६ स्थित ऐतिहासिक धर्मस्थली बजारमा रहेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जमा अवस्थित तारकेश्वर महादेवको नामबाट यस नगरपालिकाको नामकरण हुन् गएको हो । यो नगरपालिका प्राकृतिक, धार्मिक, सास्कृतिक, जैविक, जातीय एंव भाषिक विविधताले भरिपुर्ण रहेको छ भने कृषि योग्य उर्वर भूमिको उपलब्धताका कारणबाट पनि सम्भावना बोकेकोनागरापालिकको रुपमा रहेको छ । यस नगरपालिका क्षेत्र भित्र जैविक पर्यावारणीय, जलाधार, सिमसार एंव शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज समेतको उपलब्धाताका कारण पर्या-पर्यतानाको समेत सम्भावना बोकेको नगरपालिका हो ।
स्वस्थानी वर्त कथामा उल्लेख भए अनुसार पौराणिक कालमा सतिदेवीको अँग पतन भई तारकेश्वर महादेव उत्पत्ति भई शक्तिपीठको रुपमा रहेको भनाई छ । सोही नामबाट यस नगरपालिकाको नाम तारकेश्वर नगरपालिका रहन गएको हो । यो नगरपालिका प्राकृतिक, धार्मिक साँस्कृतिक तथा भाषिक विविधताले भरिपूर्ण छ । साँस्कृतिक शक्तिपीठका रुपमा श्री तारकेश्वर महादेव मन्दिर, पुरानो गुह्येश्व्री मन्दिर, मनमैजु ईन्द्रायणी मन्दिर, भुवनेश्वरी मन्दिर, शान्तिधाम, सिम्लेश्वर महादेव मन्दिर, महांकाल मन्दिर, नारायण देवी, कल्पेश्वर महादेव, नाखलडोल, बैखु, लोलाङ, पांचमाने, फेदी बजार, फुटुङ बजार, कुञ्चिप्वाकल जस्ता क्षेत्रहरु यस नगरपालिका धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा रहेका छन् ।
भौगोलिक अवस्थिति :
१) क्षेत्रफल : ३४.९५ वर्ग कि.मि.
२) समुन्द्र सहतदेखिको उचाई : १३४५ मि.
३) सिमाना :
पुर्व : टोखा नगरपालिका
पश्चिम : नार्गाजुन नगरपालिका
उत्तर : नुवाकोट जिल्ला
दक्षिण : काठमाडौं महानगरपालिका वडा नं. १६
४) अवस्थिति :
देशान्तर : ८५०१८'११''
अक्षांश : २७०२७'१२''
५) राजनैतिक तथा प्रशसनिक विभाजन
प्रदेश : बागमती
जिल्ला : काठमाडौं
निर्वाचन क्षेत्र नं.: ६ (वडा नं. १, २, ६, ७, ८, ९, १० र ११) र
निर्वाचन क्षेत्र नं.: ७ (वडा नं. ३, ४ र ५)
वडा संख्या : ११ वटा
२०६८ को जनगणना अनुसार:
जम्मा जनसंख्या : ८१,४४३ पुरुषः ४१,३७६ महिलाः ४०,०६७
जनघनतव : २३०० प्रति व.मि.
२०७८ को जनगणना अनुसारः
जम्मा जनसंख्याः १,५१,४७९ पुरुषः ७५,२८१ (४९.६९%) महिलाः ७६,१९८ (५०.३१%)
जनघनत्वः ४३३५ प्रति वर्ग कि.मि. घरधुरी संख्याः ४१,३६२
परिवारको औसत आकारः ३.६६
साक्षरता दर जम्माः ८७.८ % साक्षर पुरुषः ९३.४ % साक्षर महिलाः ८२.४ %
लिङ्ग अनुपात (Sex Ratio): ९८.८० पुरुष प्रति १०० महिला
जनसंख्या विवरण
हाल न.पा. वडा |
पुरानो न.पा. वडा |
साविक गा.वि.स. |
साविक वडा |
घरधुरी |
महिला |
पुरुष |
जनसंख्या |
वडा १
|
तारकेश्वर १ |
साङ्ला |
२,३,८ |
१६७२ |
३३५० |
३४२२ |
६७७२ |
तारकेश्वर २ |
१,४,७ |
||||||
तारकेश्वर ३ |
५,६,९ |
||||||
वडा २
|
तारकेश्वर ४ |
काभ्रेस्थली |
१,२,३,४ |
३३५२ |
६६६७ |
६४८७ |
१३१५४ |
तारकेश्वर ५ |
५,६ |
||||||
तारकेश्वर ६ |
७,८,९ |
||||||
वडा ३
|
तारकेश्वर ७ |
जीतपुरफेदी |
१,२,३,४,५ |
१६२७ |
३३८३ |
३५६३ |
६९४६ |
तारकेश्वर ८ |
६,७,८,९ |
||||||
वडा ४ |
तारकेश्वर ९ |
गोलढुङ्गा |
१,२ |
५४५७ |
९२३१ |
९०९३ |
१८३२४ |
वडा ५
|
तारकेश्वर १० |
गोलढुङ्गा |
३,७ |
४५५५ |
८८४३ |
८८८९ |
१७७३२ |
तारकेश्वर ११ |
४,५ |
||||||
तारकेश्वर १२ |
६,८,९ |
||||||
वडा ६
|
तारकेश्वर १३ |
धर्मस्थली |
१,२,३,४ |
३३३० |
६८९६ |
६७३२ |
१३६२८ |
तारकेश्वर १४ |
५,६ |
||||||
तारकेश्वर १५ |
७,८,९ |
||||||
वडा ७
|
तारकेश्वर १६ |
फुटुङ |
१,२,३,४,५ |
३३३५ |
५६१५ |
६३०६ |
१२८२१ |
तारकेश्वर १७ |
६,७,८,९ |
||||||
वडा ८ |
तारकेश्वर १८ |
मनमैजु |
८ |
५०२३ |
८८८८ |
८६८५ |
१७५७३ |
वडा ९ |
तारकेश्वर १९ |
३,४,६,७ |
४८७७ |
८४५९ |
८५३६ |
१६९९५ |
|
वडा १० |
तारकेश्वर २० |
२,५ |
४३०० |
७२२९ |
७२०३ |
१४३३२ |
|
वडा ११ |
तारकेश्वर २१ |
१,९ |
३८३४ |
७६३७ |
६४६५ |
१३१०२ |
|
जम्मा |
|
|
|
४१,३६२ |
७६,१९८ |
७५,२८१ |
१,५१,४७९ |
श्रोत : २०७८ जनगणना
पर्यटकीय स्थल
- तारकेश्वर महादेव मन्दिर
- भुवानेश्वर मन्दिर
- शान्तिधाम
- झण्डा पार्क
- मनमैजु मन्दिर
- गुजेस्वरी मन्दिर
शिक्षा
- सामुदायिक क्याम्पस- ३
- माध्यमिक बिद्यालय- १५
- आधारभूत बिद्यालय- ६
- ई.सी.डी. बिद्यालय-
- धार्मिक बिद्यालय- १
- महिला बिद्यालय- २
- संस्थागत बिद्यालय- ६८
स्वास्थ्य
- अस्पताल –
- स्वास्थ्य चौकी- ७
- शहरी स्वास्थ्य केन्द्र- ५
- प्राथमिक स्वास्थ्य केन्द्र- १
https://censusnepal.cbs.gov.np/results/population?province=3&district=28&municipality=6