सूचना
बालबालिकाहरुलाई कानुन सम्बन्धी सचेतनामुलकको दुई दिने तालिम
तारकेश्वर नगरपालिका, न्यायिक समिती तथा कानुन शाखाको आयोजनामा बालबालिकाहरुलाई कानुन सम्बन्धी सचेतनामुलकको दुई दिने तालिमको आज पहिलो दिन २०८१ जेष्ठ १८ गते उप-प्रमुख तथा न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटी अर्याल ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथी नगर प्रमुख कृष्ण हरि महर्जन ज्युले पानसमा बत्ती बाली उद्घघाटन गर्नुभएको यस कार्यक्रममा वडा न. ३, ६, ८ र ११ का वडा अध्यक्ष ज्युहरु, नगर शिक्षा अधिकारी वीर बहादुर खड्का ज्यु, शिक्षा अधिकृत पदम के.सि. ज्यु, प्रशिक्षक तथा सर्बोच्च अदालतका उपसचिव दीक्षा प्रधानाङ्ग ज्यु, महिला बालबालिका शाखा प्रमुख प्रतिमा मिश्र ज्यु, न्यायिक समितिका सदस्य ज्युहरु, प्रशासन तथा कानुन शाखा प्रमुख रचना शर्मा पन्थि ज्यु, कर्मचारी, पत्रकार, शिक्षक र बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घघाटन सत्रमा नगर प्रमुख कृष्ण हरि महर्जन ज्युले मन्तब्य राख्नु भएको थियो । यसै क्रममा उप प्रमुख सृजना बुर्लाकोटी अर्याल ज्यु, वडा ८ का वडा अध्यक्ष ज्यु, शिक्षा अधिकृत पदम के.सी. ज्युले मन्तब्य राख्नु भएको थियो भने न्यायिक समितिका कर्मचारी रामचन्द्र अर्याल ज्युले स्वागत मन्तब्य राख्नुभएको थियो। कार्यक्रमको दोश्रो सत्रमा उप-प्रमुख सृजना बुर्लाकोटी अर्याल ज्युले बालबालिकालाई कानुन, न्यायिक समिति गठन र कार्य सम्बन्धी प्रस्तुतिकरण दिनुभएको थियो । प्रशिक्षक तथा सर्बोच्च अदालतका उपसचिव दीक्षा प्रधानाङ्गले बालबालिका र कानुन सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने महिला तथा बालबालिका शाखाका शाखा प्रमुख प्रतिमा मिश्र ज्युले बाल अधिकार र बाल क्लबको विषयमा बालबालिकालाई प्रस्तुतीकरण मार्फत सिकाउनुभयो ।
यसरी नै तालिमको दोश्रो दिन २०८१ जेष्ठ १९ गते उप-प्रमुख तथा न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटी अर्यालको अध्यक्षतामा सम्पन्न भयो । शिक्षक, बिद्यार्थी र कर्मचारीको उपस्थिती रहेको यस कार्यक्रममा प्रशिक्षक तथा जिल्ला न्यायाधीश श्रीमान डा. रमेश रिजाल ज्युले नेपालमा बाल अधिकार सम्बन्धी कानुन ब्यवस्था सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने प्रशिक्षक तथा मनमैजु मा.वि. का प्रधानध्यापक रविना महर्जन ज्युले बालबालिका र सामाजिक संजाल विषयमा बालबालिकालाई प्रस्तुतीकरण मार्फत सिकाउनुभयो । दुई दिनसम्म सन्चालित यस कार्यक्रमको समापन उप-प्रमुख तथा न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटी ज्युले गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रशासन तथा कानुन शाखा प्रमुख रचना शर्मा पन्थिले गर्नुभएको थियो ।
जय तारकेश्वर ।।।