FAQs Complain Problems

आधारभूत तह शैक्षिक सुनिश्चितता भएको नगरपालिका घोषण कार्यक्रम, २०७८ फागुन २७ गते

तारकेश्वर नगरपालिकाले  हिजो आधारभूत तह शैक्षिक सुनिश्चितता भएको नगरपालिका घोषणा गरेको छ। नगर प्रमुख रामेश्वर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भवानी डोटेल धितालले शैक्षिक सुनिश्चितता कार्यक्रममा सम्मानित व्यक्तिहरुलाई धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साले सामुदायिक विद्यालयको शिक्षालाई माथि उठाउन यस्ता कार्यक्रम गरेको बताउनुभयो । शैक्षिक सुनिश्चितता घोषणा भएपछि नगरपालिकाको जिम्मेवारी थप बढ्दै गएको बताउनुभयो । शिक्षाको गुणस्तर सुधार कार्यलाई अझै अगाडी बढाउन विद्यालयका प्रधानाध्यापकहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमबारे नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।