FAQs Complain Problems

सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

तारकेश्वर नगरपालिका शिक्षा शाखाको आयोजनामा तारकेश्वर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यशालामा तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, नगर शिक्षा समितिका सदस्यहरु तथा परीक्षा समितिका सदस्यहरु, तारकेश्वर नगर प्याब्सन र ऐनप्याब्सनका प्रतिनिधिहरु, शिक्षा विज्ञहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघाटन गर्दै तारकेश्वर नगरपालिकाका नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउन सकिएमा मात्र समग्र तारकेश्वरको विकासमा सहयोग पुग्ने बताउँदै तारकेश्वरको शिक्षाको गुणस्तर वृद्धिमा सामुदायिक विद्यालयहरुबाट साथ, सहयोग र भूमिका महत्वपूर्ण रहनेमा विश्वास व्यक्त गर्नुभएको थियो । तारकेश्वर नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्दै तारकेश्वर विश्वविद्यालय सम्मको सपना देखेको बताउँदै नगर प्रमुखज्यूले शिक्षामा गुणस्तरीयता बढाउने बिषयमा नगरपालिका सदैव साथमा रहेको बताउनु भएको थियोे ।

दुई दिने कार्यशाला गोष्ठीमा उत्साहाजनक सहभागी रहनुको साथै आगामी दिनमा सामुदायिक विद्यालयहरुको स्तर सुधार हुदै लैजाने प्रतिवद्धता सहित उपस्थित हुनुहुने सम्पूर्ण प्रधानाध्यापकहरु, नगर शिक्षा समितिका सदस्यहरु तथा परीक्षा समितिका सदस्यहरु, तारकेश्वर नगर प्याब्सन र ऐनप्याब्सनका प्रतिनिधिहरु, शिक्षा विज्ञहरु, सम्पूर्ण कर्मचारी साथै पत्राकार महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौं ।