FAQs Complain Problems

Launch Ceremony of "The first Sustainable Development Experimental Village in Nepal" at Tarakeshwor by CFRD, 2080।02।15

तारकेश्वर नगरपालिका र China Foundation for Rural Development (CFRD) ले संयुक्त रुपमा "The first Sustainable Development Experimental Village in Nepal" at Tarakeshwor Municipality ward 2 कार्यक्रम शुभारम्भ भएको छ । उक्त कार्यक्रमबाट तारकेश्वर नगरपालिका अन्तर्गत २१ वटा सामुदायिक विद्यालय मध्ये १६ वटा विद्यालयका नर्सरी देखि कक्षा ६ सम्मका ३५४६ बालबालिका विद्यालय खाजा कार्यक्रमबाट लाभान्वीत हुनेछ । नेपाल सरकारले उपलब्ध गराएको रु १५ (पन्ध्र रुपैया ) र CFRD ले उपलब्ध गराएको रु ५५ समेत गरि रु ७० बराबरको खाजा विद्यालयमा उपलब्ध हुनेछ । उक्त कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनज्यू, सम्मानित अतिथि चिनिया राजदुत महामहिम Chen Song ज्यू, अतिथि पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदुत लिलामणि पौडेल साथै अन्य महानुभावहरुको उपस्थिति रहेको थियो । CFRD कै सहयोगमा १८ देखि ४० वर्ष उमेर समुहका ८० जना कृषकहरुलाई ३ महिने बेमैसमी तरकारी खेती तालिम समेत संचालन भैईरहेको छ ।