FAQs Complain Problems

सूचना तथा समाचार

नव वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।।

नव वर्ष २०७७ सालको उपलक्ष्यमा सम्पूर्ण नगरवासी, देशवासी, तथा विदेशमा रहनुहुने आमा-बुबा, दिदीबहिनी-दाजुभाईहरुमा सु-स्वास्थ्य, दिर्घायु तथा सफलताको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

सहयोगी दाताहरुलाई नगरपालिकाको अनुरोध !!

विश्व व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस ( COVID-19 ) को कारणले यस नगरपालिका भित्र बसोबास गरि असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय व्यक्तिहरुलाई सहयोग गर्न इच्छुक महानुभावहरुलाई सहयोगका लागि यस नगर कार्यपालिकाको मिति २०७६।१२।२३ को निर्णयानुसार कोरोना रोग नियन्त्रण तथा रोक

सहयोगी दाताहरुलाई नगरपालिकाको अनुरोध !!

विश्व व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस ( COVID-19 ) को कारणले यस नगरपालिका भित्रका विभिन्न संस्थाहरुमा आश्रयरत असहाय, वृद्ध वृद्धा तथा बालवालिकाहरुमा पर्न गएको खाद्य संकट समाधान गर्न नगर कार्यपालिकाको मिति २०७६।१२।२३ को निर्णयानुसार खाद्य संकलन केन्द्र (Fo

नगर भित्रका सम्पुर्ण पोलिक्लिनिक तथा मेडिकल ( औषधी पसल ) हरुलाई हार्दिक अनुरोध !!

विश्व व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस ( COVID-19 ) को विषम परिस्थितिलाई मध्यनजर गर्दै तारकेश्वर नगरपालिका  भित्र  रहेका सम्पुर्ण पोलिक्लिनिक  तथा मेडिकल

( औषधी पसल ) हरु दैनिक रुपमा खुल्ला राखी अनिर्वाय सेवा प्रवाह गर्नु गराउनु हुन हार्दिक अनुरोध गरिन्छ ।

४३ औं नगर कार्यपालिका बोर्ड वैठकबाट गरिएका निर्णयहरु !!

मिति २०७६।१२।२० गते विहान ११ बजे नगरपालिकाको प्राङ्गणमा नगर प्रमुखज्यूको अध्यक्षतामा ४३ औं नगर कार्यपालिका बोर्ड वैठक निम्न एजेण्डाहरुमा छलफल गरि तपशिलका निर्णयहरु गरेको छ।

नगरपालिका प्राङ्गणमा नगर प्रमुखज्यूको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु,स्वास्थ्य शाखा प्रमुख समेतको सहभागितामा कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका सम्बन्धमा बसेको बैठक !!

मिति २०७६।१२।१७ गते विहान ११ बजे नगरपालिका प्राङ्गणमा नगर प्रमुखज्यूको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु,स्वास्थ्य शाखा प्रमुख समेतको सहभागितामा कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका सम्बन्धमा बसेको बैठकबाट भएको निर्णय :

नगरपालिका प्राङ्गणमा वाग्मति प्रदेश श्रेत्र ६ ख का प्रदेश सांसद माननिय योगेन्द्र संगौलाज्यूको संयोजकत्वमा कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण अनुगमन तथा एकिकृत व्यवस्थापन समितिको वैठक !!

मिति २०७६।१२।१७ गते दिउसो १:३० वजे नगरपालिका प्राङ्गणमा वाग्मति प्रदेश श्रेत्र ६ ख का प्रदेश सांसद माननिय योगेन्द्र संगौलाज्यूको संयोजकत्वमा कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण अनुगमन तथा एकिकृत व्यवस्थापन समितिको वैठक बसि तपशिल बमोजिमको निर्णय गरियो ।

नोभोल कोरोना भाइरस विषयमा स्थानीय तथा राष्ट्रिय पत्रकारहरुसँग नगरपालिकाले गरेका काम तथा भावी योजना बारे छलफल कार्यक्रम !!

मिति २०७६।१२।१६ गतेका दिन तारकेश्वर नगरपालिकाको प्राङ्गणमा विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभोल कोरोना भाइरस विषयमा स्थानीय तथा राष्ट्रिय पत्रकारहरुसँग नगरपालिकाले गरेका काम तथा भावी योजना बारे छलफल कार्यक्रमका केहि झलकहरु ।।

Pages